जिल्ला प्रहरी कार्यालय तनहुँको नयाँ कार्यालय प्रमुखमा एसपी कार्कीको सरुवा

जिल्ला प्रहरी कार्यालय तनहुँको नयाँ कार्यालय प्रमुखमा एसपी कार्कीको सरुवा

तनहुँ, २८ साउन २०८२
जिल्ला प्रहरी कार्यालय तनहुँमा नयाँ कार्यालय प्रमुखका रुपमा एसपी टेकबहादुर कार्की सरुवा भएर आउने भएका छन्। प्रहरी महानिरीक्षक दीपक थापाले मंगलबार गरेको नौ जना प्रहरी उपरिक्षक (एसपी)को सरुवा मा कार्की तनहुँको जिल्ला प्रहरी प्रमुखको रुपमा सरुवा भएर आउने भएका हुन्। स्याङ्जा घर भएका उनी नेपाल प्रहरी प्रदेश कार्यालय पोखराबाट आउन लागेका हुन्।

हाल जिल्ला प्रहरी कार्यालय तनहुँमा प्रमुख रहेका एसपी बीरेन्द्र बहादुर शाहीको साइबर ब्युरो अपराध अन्वेषण शाखा काठमाण्डौमा सरुवा भएकाे छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page