अखिल नेपाल खेलकुद महासंघ तनहुँकाे अध्यक्षमा हर्कबहादुर
नेपाल कम्युनिष्ट पार्टी ( माओबादी केन्द्र) निकट अखिल नेपाल खेलकुद महासंघ तनहुँकाे मंगलबार सम्पन्न भएकाे दाेस्राे जिल्ला सम्मेलनबाट हर्कबहादुर थापाकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । समितिकाे उपाध्यक्षत्रयमा भगवती कंडेल, सिताराम बिक र रमेशकुमार श्रेष्ठ, सचिवमा मिलन महत, सहसचिवमा जितबहादुर थापा र काेषाध्यक्षमा सुसान गुरूङ लगायत २९ सदस्यीय चयन भएका छन् ।

त्यसअघि पार्टी केन्द्रीय सदस्य एवम तनहुँ जिल्ला इन्चार्ज , पुर्ब मन्त्री आशा खनाल कोइरलाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा पार्टी प्रदेश समिति सह-सचिब अतिन्द्र केसरी न्यौपाने, पार्टी जिल्ला संयोजक सुर्य बहादुर गौली पारस ,अखिल नेपाल खेलकुद महासंघ, केन्द्रीय समिति (सचिब ) तथा प्रदेश संयोजक बलराम सुबेदी, पार्टी प्रदेश सदस्यहरू , जवस मोर्चाका जिल्ला अध्यक्ष , पालिका अध्यक्ष तथा दशवटै पालिकाबाट प्रतिनिधित्व गर्दै आउनु भएका प्रतिनिधिहरु, खेल संग आबद्दता खेलाडीहरु लगायतको उपस्थिति रहेको थियो ।

























