डुम्रे नजिकै माइक्रो र बस ठाेक्कियाे
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर -१ डुम्रे बजार नजिकै ठुलो ढुङ्गामा माइक्रो र बस एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा माइक्रोमा च्यापिएका चालक र केहि यात्रुको उद्दार भइरहेको छ। प्रहरी अहिले घटना स्थलमा पुगेको र उद्धार जारी रहेको हुँदा क्षतिकाे बिवरण आउन बाँकी रहेको छ ।

तस्बिर -राजेश कार्की ।

























