चिया खाजा , तेलको खर्च जोगाउने भानु नगरपालिकाका मितब्ययी हाकिम भण्डारी !

चिया खाजा , तेलको खर्च जोगाउने भानु नगरपालिकाका मितब्ययी हाकिम भण्डारी !

 भानु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गाैतम भण्डारीले पदीय जिम्मेवारी सम्हालेकाे करिब ७ महिना भएको छ । प्रमुखको रुपमा कार्यभार सम्हाल्दै गर्दा भण्डारी समक्ष आन्तरीक खर्च व्यवस्थापन र फजुल खर्च मात्रै हाेइन कर्मचारीमा उर्जा भर्ने तथा कामलाई समयमै सक्नुपर्ने चुनाैती थियो । नगरपालिकाकाे सवारीसाधन दुरुपयोग देखि इन्धन र अनुगमनका नाममा हुने खर्चलाई कम गर्नुपर्ने दायित्व उनमा थियो । यी सबै बिषयहरू नाेट गरेका भण्डारीले ७ महिनाको अवधिमा यति धेरै मितव्ययीता अपनाएकी फजुल खर्चमा ह्वात्तै कमी आयाे । गत आवकाे तुलनामा यसपटक खर्चमा सुधार गरेर नमुना अभ्यास उनलेे प्रयोग गरे । त्यसको सुरुवात प्रमुख भण्डारी आँफैबाट गरे । सरकारी वा भनाैं अफिसको काम बाहेकको समयमा उनलेे कहिल्यैपनि गाडी दुरुपयोग गरेनन् । समयमा कार्यालय जाने भिजन र गुरूयाेजना सहित काम गर्ने उनको बानीले नगर प्रमुख आनन्द त्रिपाठी समेत प्रभावित भए । नगर प्रमुख त्रिपाठी भन्छन् यत्तिकाे हाकिम त अहिलेसम्म पाएकै थिइन् । इमानदार , लगनशील र मेहेनती हाकिम भानु नगरपालिकाले पहिलोपटक पाएको छ । प्रमुख त्रिपाठीले थपे ,।आज के गर्ने , कुन काम गर्ने प्लानिङका साथ सल्लाह गरेर गर्ने बानीले म बढी प्रभावित बनेको छु । मलाई काम गर्ने हाकिम चाहिएको हाे , त्यो पाएकाे छु ।

व्यक्तिगत काममा कार्यालयको सवारी साधन दुरुपयोग नगरौं भन्ने उदाहरण भण्डारी आफैंले दिएपछि कर्मचारीहरुलाई पनि त्यसको दबाब परेकाे छ । हाकिम साव आफैं पनि कार्यालयको गाडी निकै कम मात्रै प्रयोग गर्नुहुन्छ नगरपालिकाका एक कर्मचारीले भने । शुक्रबारे छुट्टिमा घर जानु परे उहाँ सार्वजनिक बस प्रयोग गर्नुहुन्छ । त्यसाेत उनलेे नगरपालिकाले गर्ने कामबाटै नगरबासीलाइ फरक महशुस गराएका छन् । भानुका युवा राजेश कार्की भन्छन् – अहिलेकाे हाकिम साव त असाध्यै मितब्ययी हुनुहुन्छ । थाेरै बाेल्ने , काम गरेर देखाउने उहाँको स्वभाव रहेको पाएकाेले म मात्रै हाेइन अधिकांश भानुबासीहरू असाध्यै खुसी छन् । त्यतिमात्रै हाेइन भानुकाे इतिहासमै पहिलोपटक उहाँले श्रावण महिनामै नयाँ आर्थिक बर्ष ८२/८३ का ८ वटा ठेक्काहरु खुलाउनुभएकाे छ । यस्ता काम गर्ने ,खर्च कटौती गर्ने ,पारदर्शिता ,नैतिकता सिकाउने हाकिम साव जति धेरै राख्न सकियो त्यति नैं भानुबासीलाइ राम्रो हुने उनलेे प्रतिक्रिया दिए । यस्तै भानु नपा उपप्रमुख उमा गाेतामेले पनि अहिलेकाे हाकिमसाव एकदमै मितब्ययी भएको बताइन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page