दमाैलीमा भएको लोक दोहोरी गीत प्रतिष्ठानकाे तीज गीत प्रतियोगितामा भादगाउँकाे आमा समुह प्रथम
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्य समिति तनहुँको आयोजना तथा व्यास नगरपालिकाको मुख्य सहयोगमा शनिबार दमौलीमा आयोजित छैठौं तीज गीत प्रतियोगिता एवं विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । प्रतियोगितामा सहभागी ११ टीमलाई पछि पार्दै व्यास नगरपालिका–१ भादगाउँ स्थित दीपज्योती आमा समुह प्रथम हुन सफल भएको हाे ।

त्यसैगरी भानु नगरपालिका–९ बाइसजाँगर स्थित युनेस्को युवा क्लब द्वितीय, व्यास–३ स्थित व्यास ज्योति धर्म जागरण तृतीय र ऋषिङ–१ को पृथ्वी समाज सुधार समिति महिला समुह सान्त्वना भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथी व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले बिजयी समुहलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । उनीहरुलाई क्रमश रु.पच्चीस हजार ८२, पन्ध्र हजार ८२, दश हजार ८२ र पाँच हजार ८२ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएकाे थियो । त्यसैगरी,प्रतियोगितामा उल्लेखित उपस्थित हुने व्यास–३ को सृजना आमा समुह,अनुशासितमा व्यास–१० को सर्वज्योति आमा समुह र उत्कृष्ट नृत्य प्रस्तुतमा व्यास–१३ को सिद्धकाली आमा समुह भएको छ । उनीहरुले क्रमश रु.एक हजार पाँच सयका दरले पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रथम पुरस्कारको प्रायोजकमा वेदव्यास बैद्धिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठानका अध्यक्ष ध्यानाचार्य सदगुरु खेमराज अधिकारीले गरेका थिए ।
त्यसैगरी द्वितीय पुरस्कारका लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व कार्य समिति सदस्य प्रिया गुरुङ र तृतीय पुरस्कारका लागि शंकर परियार प्रायोजक रहेका थिए । मुल्याङकन समितिमा मेघनाथ रिमाल,माया गुरुङ,रमाकान्त ढुगाना,बिष्णु खड्का क्षेत्री रहेका थिए । उक्त कार्यक्रम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँका अध्यक्ष श्रीराम गन्र्धवकाे अध्यक्षतामा भएको थियो ।
























