नयाँ एसपी कार्कीले सम्हाले तनहुँ प्रहरीको कमाण्ड

नयाँ एसपी कार्कीले सम्हाले तनहुँ प्रहरीको कमाण्ड

जिल्ला प्रहरी कार्यालय तनहुँमा नयाँ कार्यालय प्रमुखका रुपमा एसपी टेकबहादुर कार्की सरुवा भएर आएका छन्। प्रहरी महानिरीक्षक दीपक थापाले गत मंगलबार गरेको नौ जना प्रहरी उपरिक्षक (एसपी)को सरुवा मा कार्की तनहुँको प्रहरी प्रमुखको रुपमा सरुवा भए सँगै उनलेे यहाँको कमाण्ड सम्हालेका हुन्।

स्याङ्जा घर भएका उनी नेपाल प्रहरी प्रदेश कार्यालय पोखराबाट आएका हुन्। प्रहरी प्रमुख कार्की आजनैं भुतपुर्व प्रहरी संगठनकाे कार्यक्रममा समेत भाग लिएका छन् । यस्तै उनलेे कार्यालयमा सिनियर प्रहरी अधिकृतलाइ समेत बृफिङ गर्नुका साथै जिल्लाकाे अवस्थाकाे बारेमा बुझेका छन् । प्रमुख कार्कीले साेमबार दिउँसो पत्रकार भेटघाट एवम् परिचयात्मक कार्यक्रम समेत राखेका छन् ।

यसअघि तनहुँमा प्रमुख रहेका एसपी बीरेन्द्र बहादुर शाहीको साइबर ब्युरो अपराध अन्वेषण शाखा काठमाण्डौमा सरुवा भएकाे थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page