व्यासका प्रमुख प्रशासकिय अधिकृत गैरे र शुक्लाका प्रमुख प्रशासकिय अधिकृत लामगादेकाे सरूवा

व्यासका प्रमुख प्रशासकिय अधिकृत गैरे र शुक्लाका प्रमुख प्रशासकिय अधिकृत लामगादेकाे सरूवा

तनहुँकाे दुई स्थानीय तह व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतकाे सरूवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २५ जना उपसचिवसहित ६९ जना शाखा अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्दा तनहुँका दुईजनाकाे भएको हाे ।

 व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूहमा) सरुवा भएको छ।
यसैगरी शुक्लागण्डकीका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेको गैंडाकोट नगरपालिकामा सरुवा भएको छ। शुक्लागण्डकी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भने पदस्थापन हुन बाँकी छ।
व्यास नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा रत्ननगर नगरपालिका चितवनबाट सुकदेव लम्साल आउने भएका छन्।
शुक्लागण्डकीमा शिशिर पौडेल लगायतको चर्चा रहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page