महिला उद्यमी गण्डकीकाे अध्यक्षमा कास्कीकी पार्वती र उपाध्यक्षमा तनहुँकी निर्मला

महिला उद्यमी संघ गण्डकी प्रदेश गठन भएको छ ।जसअनुसार अध्यक्षमा कास्कीकी पार्वती पौडेल रेग्मी सर्वसम्मत चयन भएकी छन् । यस्तै समितिकाे उपाध्यक्षमा तनहुँकी निर्मला मल्ल , सचिवमा रिता रेग्मी अर्याल र कोषाध्यक्षमा खगिसरा लामिछाने नवलपुर चयन भएका छन् । यस्तै समितिकाे सदस्यहरूमा चन्द्रकला राना स्याङ्जा , भिमा कोईराला पर्वत , शारदा बराल कास्की , सुकुन रसाईली मुस्ताङ र बिनिता अधिकारी लमजुङ रहेका छन् ।

महिला उद्यमि महासंघ केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीको अध्यक्षता र गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यता तथा उद्योग मन्त्री मित्रलाल बस्यालको बिशिस्ट आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो ।

























