चार जिल्लाका उद्योगी व्यवसायीलाई खाद्य प्रशाेधन सम्बन्धि ३ दिने तालिम दमाैलीमा सुरु

चार जिल्लाका उद्योगी व्यवसायीलाई खाद्य प्रशाेधन सम्बन्धि ३ दिने तालिम दमाैलीमा सुरु

चार जिल्लाका उद्योगी व्यवसायीलाई खाद्य प्रशाेधन प्रविधि सम्बन्धि ३ दिने तालिम दमाैलीमा सुरु भएको छ । तालिमको व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्याैपानेले उद्घाटन गर्दै खाद्य स्वच्छता सबैभन्दा ठुलो कुरा भएको बताए । ग्राहकले खानेकुरा गुणस्तरीय , स्वच्छ , सफा र ताजा दिनसक्याैं भने ग्राहकहरू आँफै खाेजिखाेजी आउने न्याैपानेकाे भनाइ थियो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मीले कस्तो खालको खानेकुरा खाँदा शरीर स्वस्थ हुन्छ भन्ने ख्याल गरेर खानुपर्ने बताए ।
कानुनलाई उल्लंघन नहुने गरि आफ्नाे उत्पादनलाई बजारमा ल्याउन सके त्यस्तो उत्पादनलाई प्रशासनले सपाेर्ट गर्ने उनको भनाइ थियो ।

कार्यक्रममा बरिस्ठ खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले खाद्यकाे गुणस्तर सम्बन्धमा हामीले काम गर्दै आएकाे बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पाेखराका बरिस्ठ खाद्य अनुसन्धान अधिकृत नवराज दाहालको अध्यक्षतामा भएको कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख ज्याेती आचार्यले सहजीकरण र स्वागत खाद्य अनुसन्धान अधिकृत रन्जना चाैधरीले गरेकी थिइन् । तालिममा बरिस्ठ खाद्य अनुसन्धान अधिकृत विजन श्रेष्ठ सहित खाद्य निरीक्षण अधिकारी अशोक गाैतम सहितको टाेलीले प्रशिक्षण दिने छन् । तालिममा तनहुँ , गाेरखा , लमजुङ र नवलपुरका उद्योगी व्यवसायीहरूकाे सहभागीता रहेको छ । कार्यक्रममा हाेटल व्यवसायी महासंघ गण्डकीका बरिस्ठ उपाध्यक्ष दुर्गाबिलास भट्टराई ,पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page