दमाैली बजारमा बुलेट बाइक पड्काउनेलाई ट्राफिक प्रहरीको कारबाही !

दमाैली बजारमा बुलेट बाइक पड्काउनेलाई ट्राफिक प्रहरीको कारबाही !

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले दमाैली बजारमा आतंक मच्चाउदै दौडने ६ वटा मोडिफाइ अर्थात स्वरुप परिवर्तन गरि चलाइएका बाइकलाइ पक्राउ गरेको छ । कम्पनी बाट निर्मित स्वरुप बिगारी बाइक अग्लो बनाउने ,सिट परिवर्तन गर्ने , साइलेन्सर पाइप बिगारेर पड्काउने,ध्वनी प्रदुषण गरि बजारमा आतंक मच्चाउने कार्यमा संलग्न भएका बाइक लाई ट्राफिक प्रहरीले पक्राउ गरि कारबाही गरेको हाे।

पक्राउ परेका बाइकहरुलाइ सुरुमा चेतावनी सहित जरिवाना तिराइ पुरानै अवस्थामा ल्याइ छाड्ने प्रहरीले जनाएको छ । स्वरुप बिगारेर पड्काउनेमा बुलेट बाइक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख इन्स्पेक्टर कृष्ण चन्दले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page