भानुमा श्रीमानको ८ ताेला सुन चाेर्ने कल्पनाले सुन “भाइ” नातालाइ दिइन् , प्रहरी सँग डाँकाे छाेडिन्

भानुमा श्रीमानको ८ ताेला सुन चाेर्ने कल्पनाले सुन “भाइ” नातालाइ दिइन् , प्रहरी सँग डाँकाे छाेडिन्

तनहुँकाे भानु नगरपालिकामा अचम्मको घटना घटेको छ । आफ्नै घरको श्रीमतीले आफ्नाे र श्रीमानको सुनका गहना घरबाट चाेरेर भाइ नाता बताउने एक व्यक्तिलाई दिएकी खुलेको छ । सुन चाेरी भएको नाटक गरेकी उनलेे प्रहरी जाँदा मेरो सुन चाेरीभयाे भनेर डाँकाे छाेडेर राेएकी थिइन् ।

घटना साउन-२२ गते बिहान अन्दाजी ९:३५ बजेको थियो । भानु -२ मान्द्रे चौतारो स्थित रामकुमार नेपालीको घरबाट करिब ८ तोला सुनका गहनाहरु र केहि सामानहरु चोरी भएको घटनाको खबर इलाका प्रहरी कार्यालय भानुमा आएकाे थियो । घटनाको रिपोर्ट थाहा पाउने बित्तिकै इलाका प्रहरी कार्यालयको टिम उक्त चोरी भएको घरमा पुग्दा ती महिला सम्हाल्न नसक्ने गरि राेएकी थिइन् । प्रहरीले घटना स्थलमा अनुसन्धान सुरु गर्दा घरको अन्य कुनै पनि ठाउँमा हानि -नोक्सानी नपुर्याइ झ्यालको जाली च्यातेर चोरी भएको जस्तो देखेकाे थियो । बिहानको समय श्रीमान राम कुमार नेपाली खेतमा काम गर्न गएको र घरका केटाकेटी पनि स्कुल गइसकेको अवस्थामा श्रीमती कल्पना नेपाली पनि घर भन्दा पर घाँस काटेको अवस्थामा घरमा कोहि नभएको मौका छोपी चोरी भएको चाेरीमा संलग्न श्रीमती कल्पनाले गरेकी थिइन् ।
उक्त चोरीको बिषयमा इलाका प्रहरी कार्यालयका प्रमुख दिपक कुँवरकाे टाेलिले अनुसन्धान गर्दा घटनाको रहस्य पत्ता लागेको छ । करिब आठ तोला सुन र दुइ थान मोबाइल अरु कसैले नभइ घरधनी रामकुमार नेपाली कै श्रीमतीले चोरी गरेको प्रमाणित भएको छ। निज कल्पना परियारले साउन-२२ गते बिहानै घरका सम्पुर्ण गहना र मोबाइ सेट सहित बन्दिपुर -१ डुम्रेमा गइ लमजुङ जिल्ला सुन्दर बजारका (नाम नखुलाइएको) भाइ नाताका ब्यक्तिलाइ दिइ घरमा चोरी भएको प्रपञ्च गरिएको घटनाले आफ्नै परिवारमा समेत कोहि कसैलाइ बिश्वास गर्न नसकिने गरि झस्काएकोछ।
चोरी भएको गहनासँगै रहेको २ सेट मोबाइल मध्ये HONER कम्पनीको मोबाइलको IME नम्बरमा Active रहेको सिमको कल डिटेलबाट यस घटनाको रहस्य पत्ता लागेको हो।

इप्रका भानुका असइ नेतृत्वको टाेलिले काठमाडौं स्थित बसपार्क यरियाबाट लमजुङका (नाम नखुलाइएको) ब्यक्तिलाइ चोरी भएको गहना सहित प्रकाउ गरि ल्याएको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । भानु प्रहरीका अनुसार श्रीमान श्रीमतीको सिक्री , तिलहरी , कालो माला औठी लगायतका सामान चाेरी भएको भनिएको गहनामा रहेका छन् ।
बिवाहा गरेको बिसाैँ वर्ष भएकोले अहिले श्रीमान रामकुमार नेपालीले चाेरी कार्यमा मुद्दा दर्ता नगर्ने बताएको कारण घरकै श्रीमतीले सुन चाेरी गरेको भन्ने नहुने र गहना लुकाएको अर्थतीर जाने भएको हुँदा प्रहरीले कसरी यसलाई टुंगोमा पुर्याउने भनेर थप अनुसन्धान तथा छलफल गरेको बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page