मंगलबारबाट जामुनेमा हुने तीज गीत प्रतियोगिताकाे तयारी पूरा , अध्यक्ष श्रेष्ठले उद्घाटन गर्ने

मंगलबारबाट जामुनेमा हुने तीज गीत प्रतियोगिताकाे तयारी पूरा , अध्यक्ष श्रेष्ठले उद्घाटन गर्ने

न्यु भिजन युथ क्लब जामुनेकाे आयाेजनामा भदौ १० र ११ गते हुने तीज गीत तथा नृत्य प्रतियोगिताकाे तयारी पूरा भएको छ । मकै वारि दर्याम दर्यामकी गायिका सुस्मा शाही ठकुरी लगायतका चर्चित राष्ट्रिय कलाकारहरू आउने प्रतियोगिताकाे तयारी पूरा भएको क्लवका अध्यक्ष सन्तोष श्रेष्ठले बताए ।
हरेक बर्स जस्तै यस बर्स पनि हरितालिका तीजको अवसरमा १० र ११ गते हुने तेर्हौ खुला तीज गीत तथा नृत्य प्रतियोगिताकाे सम्पुर्ण तयारी पूरा भएको र म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कार्यक्रमकाे उद्घाटन गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।


विकृतिलाई तिरस्कार गरौ संस्कृतिको जगेर्ना गरौ भन्ने मुल नाराका साथ दुई दिन हुने प्रतियोगितामा प्रथम हुनेलाई रु २५ हजार ५ सय २५, द्वितीय हुनेलाई रु १५ हजार ५ सय २५ र तृतीय हुनेलाई ९ हजार ९ सय ९९ पुरस्कार राखिएको छ ।
यस्तै नृत्यतर्फ प्रथम हुनेलाई रु ८ हजार ८ सय ८८, द्वितीय हुनेलाई रु ६ हजार ६ सय ६६ र तृतीय हुनेलाई रु ४ हजार ४ सय ४४ प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए । प्रतियोगिताकाे पहिलो दिन विष्णु बराल र नविना सुवेदी तथा दाेस्राे दिन सुस्मा मल्ल ठकुरी र शुभद्रा श्रेष्ठ आउने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page