न्यु भीजन जामुनेकाे तीज गीत प्रतियोगिता सुरु, आज मकैबारी दर्याम दर्यामकी सुस्मा आउने

न्यु भीजन जामुनेकाे तीज गीत प्रतियोगिता सुरु, आज मकैबारी दर्याम दर्यामकी सुस्मा आउने

म्याग्दे गाउँपालिका-२ जामुने स्थित न्यु भिजन युथ क्लवको आयोजनामा मंगलबारदेखि जामुने बजारमा खुल्ला तीज गीत प्रतियोगिता सुरु भएको छ । न्यु भिजनकाे आयाेजना तथा वडा नम्बर २ को विशेष सहयोगमा आयोजित उक्त प्रतियोगिताको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उदघाटन गरेका छन् ।

क्लवका अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारी , वडा अध्यक्ष एवम् जनप्रतिनिधिहरू , राजनीतिक दल लगायतको उपस्थिति रहेको थियो ।

आजसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम, द्वितीय र तृतिय हुने टिमलाई क्रमशः २५ हजार ५२५, १५ हजार ५२५ र ९ हजार ९९९ रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिने क्लवका अध्यक्ष सन्तोष श्रेष्ठले बताए ।

त्यस्तै नृत्य तर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः ८ हजार ८८८, ६ हजार ६६६ र ४ हजार ४४४ रुपैयाँ नगद तथा प्रमाणपत्र रहेको छ ।

प्रतियोगितामा आज मकै वारि दर्याम दर्यामकी गायिका सुस्मा शाही ठकुरी , शुभद्रा श्रेष्ठ लगायतका चर्चित राष्ट्रिय कलाकारहरूकाे प्रस्तुति रहने क्लवका अध्यक्ष श्रेष्ठले बताए ।
हरेक बर्स जस्तै यस बर्स पनि तीजकाे अवसरमा तेर्हौ खुला तीज गीत तथा नृत्य प्रतियोगिता आयाेजना गरिएको हाे ।
विकृतिलाई तिरस्कार गरौ संस्कृतिको जगेर्ना गरौ भन्ने मुल नाराका साथ प्रतियोगिता आयाेजना गरिएको हाे ।प्रतियोगितामा हिजो नृत्य प्रतियोगिता भएको छ भने आज तीज गीत प्रतियोगिता हुनेछ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page