आँबुखैरेनीमा भएको तीज गीत प्रतियोगितामा पुर्कोट युनेस्को क्लब प्रथम

आँबुखैरेनीमा भएको तीज गीत प्रतियोगितामा पुर्कोट युनेस्को क्लब प्रथम

तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित शिवालय मन्दिर प्राङ्गणमा मंगलबार सम्पन्न “तीज गीत तथा नृत्य प्रतियोगितामा पुर्काेट युनेस्को क्लव प्रथम भएको छ ।
“नारी” विषयवस्तुमा केन्द्रित प्रतियोगितामा ८ वटा समूहलाई पछि पार्दै पुर्कोट युनेस्को क्लब बाईसजागर ९६.२ अंक प्राप्त गरी प्रथम भएको हाे । यस्तै प्रतियोगितामा नेवा मिस पुचः मुग्लिनले ९४.५५ अंकसहित द्वितीय तथा ब्राह्मण समाज नेपाल आँबुखैरेनीले ९०.१ अंकसहित तृतीय स्थान हासिल गरेका छन् । त्यस्तै, मस्र्याङ्दी बाल ज्योती बोर्डिङ स्कुल आँबुखैरेनीले ८१.६ अंकसहित सान्त्वना स्थान हासिल गरेकाे छ ।
प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमशः रु. ३०,०००, रु. २०,००० र रु. १०,००० नगद पुरस्कारका साथै शिल्ड र प्रमाण–पत्र प्राप्त गरेका छन् ।यस्तै सान्त्वना समूहलाई रु. ५,००० नगदसहित प्रमाण–पत्र प्रदान गरिएको प्रतियोगिताका संयोजक अपेक्षा श्रेष्ठ चुमानले जानकारी दिनुभयो।

प्रतियोगितामा उत्कृष्ट नृत्य गर्ने होम माया थापाले चाँदिको पाउजु प्राप्त गरिन् ।
कार्यक्रमको विशेष आकर्षणका रूपमा चर्चित लोकगायक राजु परियार, चन्द्र परियार, सुनिता सुनार, सन्तोष थपलिया, मनिष थापा, जिवन श्रेष्ठ, प्रज्वल अर्याल लगायतका कलाकारहरूले सांगीतिक प्रस्तुति दिँदै दर्शकलाई भरपूर मनोरञ्जन दिएका थिए ।
कार्यक्रममा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान प्रमुख अतिथि रहनु भएको थियो भने आँबुखैरेनी संस्कृति संरक्षण मञ्चका अध्यक्ष मनोज कुमार श्रेष्ठको सभापतित्वमा प्रतियोगिता सञ्चालन गरिएको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page