लायन्स म्याग्देकाे तीज गीत प्रतियोगितामा घुम्ती आमा समूह प्रथम

लायन्स म्याग्देकाे तीज गीत प्रतियोगितामा घुम्ती आमा समूह प्रथम

लायन्स क्लव अफ तनहुँ म्याग्दे र लियो क्लब अफ तनहुँ म्याग्दे द्दारा आयोजित तिज गित तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा गीत तर्फ घुम्ती आमा समुह म्याग्दे ७ प्रथम भएको छ । यस्तै प्रतियोगितामा भिमसेन आमा समुह जामुने २ द्धितीय , मिन माध्यमिक बिधालय थर्पु तृतीय र संगम आमा समुह घुम्ति सान्त्वना भएका छन् ।

यस्तै नृत्य तर्फ प्रथम तनहुँ नाच घर , दृतिय दिपिका परियार , तृतिय सबिना थापा र सात्वना कुसुम सिर्मल भएका छन् । बिजयी टिमलाई कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गा पा वडा नं ४ का वडा अध्यक्ष दिपक कुमार श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page