न्यु भीजन जामुनेकाे तीज गीत प्रतियोगितामा पृथ्वी समाज सुधार आमा समूह प्रथम

म्याग्दे गाउँपालिका-२ जामुने स्थित न्यु भिजन युथ क्लवको आयोजनामा जामुने बजारमा भएको खुल्ला तीज गीत प्रतियाेगिताकाे उपाधि पृथ्वी समाज सुधार आमा समूहले जितेकाे छ । प्रतिस्पर्धि १४ टिमलाई पछि पार्दै पृथ्वी समाज सुधारले उपाधि जितेको हाे । यस्तै प्रतियोगितामा घुम्ती आठबिसे उज्यालो आमा समूह द्धितीय भएको छ भने गलमबास आमा समुह तृतीय र दिपज्याेती आमा समूह सान्त्वना भएका क्लवका पुर्व अध्यक्ष सन्दीप रानाभाटले बताए ।

यस्तै नृत्यतर्फ तनहुँ नाच घर प्रथम , अस्मिता थापा समूह द्धितीय , राेजिना श्रेष्ठ तृतीय र अंशु थापा सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतिय हुने टिमले क्रमशः २५ हजार ५२५, १५ हजार ५२५ र ९ हजार ९९९ रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै नृत्य तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ८ हजार ८८८, ६ हजार ६६६ र ४ हजार ४४४ रुपैयाँ नगद तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
क्लवका अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ , उपाध्यक्ष बालकृष्ण घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
न्यु भिजनकाे आयाेजना तथा वडा नम्बर २ को विशेष सहयोगमा आयोजित उक्त प्रतियोगिता जामुने स्थित राधा मावि प्राङ्गणमा भएको थियो ।
प्रतियोगितामा मकै वारि दर्याम दर्यामकी गायिका सुस्मा शाही ठकुरी , शुभद्रा श्रेष्ठ लगायतका चर्चित राष्ट्रिय कलाकारहरूले प्रस्तुति दिएका थिए ।
हरेक बर्स जस्तै यस बर्स पनि तीजकाे अवसरमा तेर्हौ खुला तीज गीत तथा नृत्य प्रतियोगिता आयाेजना गरिएको हाे ।
विकृतिलाई तिरस्कार गरौ संस्कृतिको जगेर्ना गरौ भन्ने मुल नाराका साथ प्रतियोगिता आयाेजना गरिएको हाे ।
























