आकर्सक बन्यो उद्योग बाणिज्य संघको सभा हल , अब एसी सहितको सुविधा
तनहुँ उद्योग बाणिज्य संघ सभा हलकाे पुनर्निर्माण गरिएको छ । करिब २२ लाख खर्च गरेर सभा हल लगायतका भित्री तथा बाहिरी भागहरू पुनर्निर्माण गरिएसँगै आकर्सक बनाइएको छ । तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष बैकुण्ठ मिश्रकाे व्यक्तिगत ५ लाख भन्दा बढी र अन्य महाेत्सव बाट बचेको पैसाले बाणिज्य संघको पुनर्निर्माण गरिएको हाे ।

सभाहलमा अहिले ६ वटा एसी , नयाँ पर्दा , टायल , आधुनिक बत्ती ,महिला पुरूषकाे लागि छुट्टाछुट्टै शाैचालय , तारबार , चाैताराे निर्माण , भान्सा काेठामा टायल राख्ने लगायतका कामहरू भएको अध्यक्ष बैकुण्ठ मिश्रले बताए । यस्तै भित्तामा काठको पार्केटिङ , व्यागड्रप , बाेर्ड , साेफा , टिटेवल , पाेडियम लगायतका सामानहरू फेरिएको मिश्रले जानकारी दिए । सभाहल पुनर्निर्माण भए सँगै शुभबिवाहलाइ ( पकाउने सहितको ) १५ हजार र अन्य कार्यक्रमलाई १० हजार शुल्क राखिएको बताइएको छ । थप सेवा सुविधा सँगै अबका दिनमा उद्योग बाणिज्य संघमा हुने कार्यक्रममा एसीकाे चिसो हावा खान पाइने भएको छ । बाणिज्य हल पुनर्निर्माणका लागि अध्यक्ष मिश्र सहित जिल्ला कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू , कर्मचारी र दमाैली बजार इकाईका सभापति सुकनारायण मल्ल लगायतको सक्रियता र सहयोग रहेको थियो ।

























