भानुका प्रमुख प्रशासकिय अधिकृत भण्डारीकाे बर्दियामा सरूवा
भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीको सरूवा भएको छ । मितब्ययी हाकिमकाे छबि बनाएका भण्डारीकाे बर्दियामा सरुवा भएको हाे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको सूची अनुसार उनको सरुवा भएको हो ।

भानुमा अब काभ्रेको मण्डन देउपुर नगरपालिकामा कार्यरत सुरज श्रेष्ठ प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउने भएका छन् ।

























