भानुका मितव्ययी हाकिम भण्डारीकाे सरूवाकाे खबरले भानुबासी चिन्तित
कुशल प्रशासक र मितब्ययी हाकिमकाे छवि बनाएका भानु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारीकाे सरूवाकाे खबरले भानुबासी चिन्तित भएका छन् । यसभन्दा अगाडी करिब साँढे दुई वर्ष विवादरहित तरिकाले पालुङटार नगरपालिकाकाे प्रमुख प्रशासकिय बसेका भण्डारी नेतृत्वको नगरपालिकाले केही दिन अघि सार्वजनिक स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मा जिल्ला प्रथम भएको थियो । पालुङटारलाइ प्रथम बनाउन सफल भएका भण्डारीलाई भानुबासीले पनि त्यही अपेक्षा गरेका थिए ।
तर संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाे बिहीबार राति निस्केको सरूवा लिस्टमा उनको नाम परेपछि भानुबासी चिन्तित भएका हुन् । भानुका स्थानीय युवा ध्रुव श्रेष्ठले राम्रो काम गरिरहेका भानुका प्रमुख भण्डारीलाई किन यति छिटो सरुवा गरिएको हाे ? भन्दै प्रश्न गरेका छन् ।
खासगरी उनको अब्बलता , कुशलता , इमानदारीता र क्षमताका कारण उनलाई धेरैले रूचाउने गरेको नगरबासीकाे भनाइ छ । भानु निवासी सविता अधिकारीले छाेटाे समयमा प्रमुख भण्डारीकाे सरूवालाइ सतिले सरापेको देशमा राम्रो गर्ने मान्छे कहाँ टिक्न पाउँछन् र ! भनेर प्रतिक्रिया दिएकी छन् ।
यस्तै भानु निवासी अर्का अगुवा युवा राजेश कार्कीले सामाजिक सञ्जाल फेसबुकमा आक्राेस पाेख्दै लेखेका छन् -तिमीहरुलाइ पहिल्यै देखि लुटिखाएको ठाउँमा गरिखान नपाएर निद हराम भएको थियो , अब लुटि खान सजिलो भयाे !
प्रमुख भण्डारीकाे सरूवाकाे खबर सुनेर अत्यन्तै दुख लागेको भानु ५ का वडाअध्यक्ष नहकुल अधिकारीले बताए । जनप्रतिनिधि भए पछिकाे सबैभन्दा राम्रो , केही गर्नपर्छ भन्ने हुटहुटी भएको हाकिम दुर्लभै हुन्छन् , यसमा प्रमुख भण्डारी त्यही दुर्लभ भित्रका भएकोले पनि सरूवाकाे खबरले दुखी भएको उनलेे बताए । सायद सर्वेक्षण गर्नेहाेभने केही स्वार्थी समूह र अस्थिरतामा रमाउने बाहेकले प्रमुख भण्डारी ठिक भन्ने प्रतिक्रिया दिने अध्यक्ष अधिकारीले दावी गरे । भीजन भएका , कृषिमा आधुनिकीकरण गर्दै व्यवसायीक गराउन पहल थाल्ने , आर्थिक पारदर्शिता भएको , अत्यन्तै साधारण र मितब्ययी हाकिम भानुको लागि न भुताे न भबिस्य भएको उनको भनाइ छ । जनप्रतिनिधि सँग राम्रो सम्बन्ध भऐका , छलफल गर्ने र सबैलाई चित्त बुझाउन सक्ने क्षमता भएका , याेजना अनुगमन र निरीक्षणमा आँफै जाने र आवस्यक सल्लाह दिने गुण हाकिम सावमा छ अध्यक्ष अधिकारीले भने ।

त्यसाेत प्रमुख भण्डारी आएपछी भानु नगरपालिकाले पारदर्शी, उत्तरदायी र नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै काम गरेका छन् ।

नगरपालिकाले सुशासन, सेवा प्रवाहको गुणस्तर, नागरिक सहभागिता र समग्र संस्थागत क्षमता विकासमा निरन्तर सुधारका प्रयासलाई अघि बढाउँदै आएको र यसलाई स्थायी र अझ प्रभावकारी बनाउन तथा आगामी दिनहरूमा नयाँ–नयाँ नविनता सेवा र कार्यशैलीमा यसको सुरुवात स्वरूप प्रमुख भण्डारीले फजुल खर्चहरू , तेल , खाजा , खाना ,सवारीसाधन लगायतका विषयमा मितव्ययिताकाे सुरुवात गरिसकेका छन् । उनी आएकाे सात महिना पुग्दा अघिल्लो वर्षहरूकाे तुलनामा सुधारका संकेतहरू देखिन थालिसकेका नगरपालिकाकै कर्मचारीहरू बताउँछन् । नगरपालिकाका एक जनप्रतिनिधिले नाम नबताउने शर्तमा भने – राम्रो हाकिम सावलाइ टिक्न नदिएर मन्त्रालय सम्म कुरा लाएका यहीँका केही कर्मचारीले हाे । यही ताल हाे भने अबका हाकिम जाेआएपनी यहाँ टिक्न दिदैनन् ।
























