पुर्ण अपांगता भएकी व्यास ११ की पन्थलाइ सिडियाेले घरमै पुगेर दिए नागरिकता

पुर्ण अपांगता भएकी व्यास ११ की पन्थलाइ सिडियाेले घरमै पुगेर दिए नागरिकता

व्यास नगरपालिका–११ निवासी २७ बर्षकी पूर्ण अशक्त अपाङ्गता भएकी सविना पन्थलाई आइतबार नेपाली नागरिकता प्रदान गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी सहितको टाेली उनको घरमै पुगेर नागरिकता प्रमाणपत्र प्रदान गरेका हुन् । 
वडा कार्यालयबाट अनुसूची फारम भरेर बुबा मिनानाथ पन्थ र आमा पवित्राले ल्याएपछि चाहिने आवश्यक कागजपत्र हेरेर कार्यालयबाट सबै प्रक्रिया पूरा गरी नागरिकता दिइएको प्रजिअ अधिकारीले बताए । 
“रजिष्टरमा दर्ता,कार्ड प्रिन्ट र निजको फोटो टाँस लगायतका काम गरी ढड्डा लिएर गएर संम्बन्धित व्यक्तिको ल्याप्चे र नागरिकतामा ल्याप्चे लगाएपछि नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


हेर्दा सकुशल जस्तो देखिएपनि गम्भीर प्रकृति रहेकि सविनाको बोली पनि छैन्,होश पनि छैन् र “ढोका खुला देखेपछि भागिहाल्ने समस्या रहेकाे छ । घरमै नागरिकता पाउँदा उनका परिवार खुशी भएका छन् ।” 
अपाङगता भएका र अशसक्त व्यक्तिलाई कार्यालयमा आएर सेवा लिन असहज भएको जानकारी आएमा मानवीय संवेदन र राज्यको दायित्व सम्झिएर घरमै पुगेर सेवा दिइने गरेको छ ।
कार्यालयका अनुसार यसअघि प्रजिअ अधिकारीको सक्रियतामा जिल्लाको म्याग्दे गाउँपालिकाकी एक युवती र आँबुखैरेनीका एक बृद्वालाई घरमै पुगेर नागरिकता प्रदान गरिएको थियो । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page