म्याग्देकाे घुम्ती शिविरमा सेवाग्राहीकाे भीड

म्याग्दे गाँउपालिकाको एकिकृत घुम्ति शिविर शुरु भएको छ ।म्याग्दे गाउँपालिकाले कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सार्वजनिक सेवाहरु तमाम म्याग्देवासी नागरिकहरुको घरदैलोमा नै पुर्याउने उद्देश्यले भाद्र १६ गतेदेखि एकीकृत घुम्ती शिविर सञ्चालन गरेको हाे । गाउँपालिकाले सातवटै वडाका विभिन्न ठाउँमा शिविर आयाेजना गरिएकोले आफुलाई पाएक पर्ने स्थानमा आई सेवा लिनुहुनु अनुरोध गरेको छ ।



आत्मनिर्भर समृद्ध म्याग्देको आधार–मानब विकास कृषि पर्यटन र पुर्वाधारको मुल उद्येश्य वोकेर म्याग्देले घुम्ति शिविर शुरु गरेको हाे । म्याग्दे गाँउपालिका अन्तरगत पहुँच भन्दा टाढा वसोवास गर्ने नागरिकहरुलाई स्वास्थ्य, कृषि, पशु सेवा, पन्जिकरण, उद्योग दर्ता तथा नविकरण, राजश्व संकलन, लगायत गाँउपालिकावाट प्रदान गरिने सम्पुर्ण सेवाहरु सहज तवरवाट जनतामा पुर्याउने उद्येश्य अनुरुप एकीकृत घुम्ति शिविर संचालन गरिएको प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।भाद्र १६ गते देखि संचालन भई असोज १ गते सम्म संचालन हुने शिविरमा स्वास्थ्य तर्फ पोषण सेवा वृद्धि अनुगमन, परिवार नियोजन सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती परिक्षण भिडियो एक्सरे सेवा, आङ खस्ने समस्याको उपचार, क्षयरोग स्क्रिनिङ, समान्य स्वास्थ्य परिक्षण, मधुमेह सहित नसर्ने रोगको स्क्रिनिङ्ग, स्तन क्यानसर परिक्षण सेवा प्रदान गरिने स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले बताए । यस्तै कृषि सेवा तर्फ,उन्नत जात विउ विजन वितरण, विभिन्न अनुदानका सुचनाको माग संकलन गर्ने गाउँपालिकाले जनाएको छ । यसैगरि पशु सेवा तर्फ, विरामी पशु पन्छीको उपचार, पशु वन्ध्याकरण सेवा, पशुजन्य औषधी वितरण, गोवर परिक्षण, कुकुर विरालोलाई रेविज रोज विरुद्धको खोप, पन्जिकरण सेवा तर्फ, जन्म दर्ता, वसाई सराई, विवाह दर्ता, मृत्यु तर्दा लगायत विभिन्न सिफारिसहरु, उद्यम शाखा तर्फ, व्यवसाय दर्ता तथा नविकरण, महिला शाखा तर्फ, विभिन्न परचय पत्र वितरण तथा नागरिकको गनासो सुनुवाई तथा आपसी अन्तरक्रिया कार्यक्रम संचालन हुनेछ ।


घुम्ति शिविरको उद्घाटन गर्दे पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पालिका जनताप्रति जवाफदेही र उत्तरदायी रहँदै जनताको घरदैलो सम्म पुगेर सेवा दिनका लागी एकीकृत घुम्ति शिविर शुरु गरिएको वताए । सवै जनता वडा र पालिका सम्म आएर सेवा लिन नसकेको सन्र्दभमा हरेक वडाको टोल टोलमा पुगेर सेवा प्रदान गरिएको अध्यक्ष श्रेष्ठको भनाई रहेको थियो । विगतमा गरिएको शिविरमा उल्लेखनिय जनसहभागिता रहेको हुँदा आफुमा भएको समस्या घुम्ति शिविरमार्फत लिन आग्रह गरे । यसैगरि पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले घुम्ति शिविर जनताको समस्या समाधान गर्न केन्द्रित रहने वताए । सवै सेवाग्राहीहरु वडा र पालिका सम्म पुग्न सक्दैनन, त्यो वेलामा जनताको समस्या समाधान हुन सक्दैन, त्यहि विषयलाई मध्यनजर गरेर जनताको घरदैलोमा सेवा दिएका हौ, उनले भने ।म्याग्दे गाँउपालिकाको वडा नं १ को मानुङ वरच्याङ्गवाट शुरु भएको एकीकृत घुम्ति शिविर वडा नं ७ को तिल्याटार सामुदायिक भवनमा समापन हुनेछ ।
























