आदिकवि भानुभक्त क्याम्पसमा गणपुरक संख्या नपुग्दा बैठक सर्याे
आदिकवि भानुभक्त क्याम्पसको ३९ औं वार्षिक साधारण सभाकाे उद्घाटन कार्यक्रम भाद्र १८ गते सम्पन्न भएको छ । उद्घाटन कार्यक्रम पश्चात् दिउँसो बाेलाइएकाे बन्दसत्र केही बेर सुरु भए पनि गणपुरक संख्या नपुगेका कारण स्थगित गर्नुपरेको छ ।

बैठकमा गणपुरक संख्या नपुगेपछी अहिले बिहान ७ बजेलाइ बैठक बाेलाइएकाे क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले उल्लेख गरेका छन् । क्याम्पस सभा हलमा साधारण सभाका सम्पूर्ण सदस्यहरुलाई उपस्थितिका लागि हड्खलेले सूचित गरेका छन् ।

























