म्याग्दे १ मा उपभोक्ता अनुशिक्षण कार्यक्रम सम्पन्न

तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं १ मा उपभोक्ता अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आव ०८२/०८३ मा सञ्चालन गरिने आयाेजनाकाे उपभोक्ता समितिका पदाधिकारी र टाेल बिकास संस्थाका अध्यक्षहरूलाइ उपभोक्ता अनुशिक्षण कार्यक्रम गरिएको हाे ।


म्याग्दे १ गुणादीबाट सुरु भएको कार्यक्रम म्याग्दे गाउँपालिका वडा नं १ का वडाअध्यक्ष मणिभद्र वाग्लेकाे अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठकाे प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी , याेजना शाखा प्रमुख श्रीराम खनाल , लेखा प्रमुख शिवजी थापा , ईन्जिनियर राेमन पण्डित र राजश्व शाखा प्रमुख शम्भु पाैडेलले प्रशिक्षण दिएका थिए ।

उक्त कार्यक्रममा करिब ८० जनाको उपस्थिति रहेको थियो । वडा नं १ बाट सुरु भएको कार्यक्रम पालिकाका सात वटै वडामा सञ्चालन हुने याेजना शाखा प्रमुख श्रीराम खनालले बताए ।
























