आदिकविकाे तीन महिला सदस्यमा तिवारी ,अधिकारी र कैनी निर्विरोध , अन्यमा काे काे ?

आदिकविकाे तीन महिला सदस्यमा तिवारी ,अधिकारी र कैनी निर्विरोध , अन्यमा काे काे ?

आदिकवि भानुभक्त क्याम्पस भादगाउँकाे महिला सदस्यमा सिर्जना तिवारी ,शोभा बडु अधिकारी र बिणा कैनी निर्विरोध निर्वाचित भएका छन् । बिहीबार परेको उम्मेदवारीमा तीनजना चाहिनेमा तीनजनाको मात्रै उम्मेदवारी परेपछि उनिहरू निर्विरोध निर्वाचित भएका हुन् । यद्यपि निर्वाचन समितिले यसको पुष्टि गर्न बाँकी छ । यस्तै क्याम्पसकाे दलित सदस्य तर्फ एकजना चाहिनेमा मिनबहादुर चँदारो र अर्जुन सुनार दुईजनाको उम्मेदवारी परेको छ । त्यस्तै जग्गादाता तर्फ ठाकुर दरैको मात्रै उम्मेदवारी परेको छ । जनजाति सदस्य तर्फ क्या.सोमबहादुर थापा र चिजबहादुर दरैको उम्मेदवारी परेको छ । अभिभावक तर्फ कृष्णबहादुर रुचाल र रामराज अधिकारीको दर्ता भएको छ । पुस्तकालय समिति संयोजकमा कुलबहादुर थापा र सदस्यहरुमा बुद्धिसागर साखी , महेन्द्र गिरी , अम्बिका अधिकारीको उम्मेदवारी दर्ता भएको छ । आन्तरिक लेखा परीक्षण संयोजकमा ऋषिराम ढुंगाना र सदस्यहरुमा प्रेमबहादुर राउत र सरु कुमालको उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार अध्यक्षका लागि कमलामाेहन वाग्ले , केशबहादुर सुनार , चुडामणि दाहाल र राजु दाहालको उम्मेदवारी परेको छ । खुल्ला तर्फ १२ जना सदस्यका लागि २१ जनाको उम्मेदवारी दर्ता भएको छ । खुल्ला तर्फ संगित घिमिरे , शिवहरि धिताल, सुरेन्द्र पौडेल , भाग्यशाली ढुंगाना , रामकृष्ण वि.क.,दुर्गाभक्त अधिकारी , विवेक भट्राई , पद्यमराज सुवेदी , सोमराज सिग्देल,डा.ईश्वरचन्द्र वाग्ले , विष्णुबहादुर बस्नेत , भरतप्रसाद पन्त,सुनिल मिश्र, रामजीप्रसाद तिमिल्सेना , गजेन्द्रराज पन्थ , गोपाल सुर्खाली , सहबीर उचै ठकुरी , मोहन गिरी , निर्मल पण्डित , ईश्वरबहादुर बिष्ट र श्रीराम कार्कीले उम्मेदवारी दिएका छन् ।
निर्वाचन समितिका अनुसार शुक्रबार बिहान ८ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने समय राखिएको र १० बजेदेखि मतदान सुरु हुने बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page