थर्पुमा लागु औषध गाँजा सहित दुई युवाहरू पक्राउ
तनहुँकाे म्याग्दे गा.पा. वडा नं. ४ थर्पु बजार स्थित पृथ्वी राजमार्ग सडक खण्डमा लागु औषध गाँजा सहित दुई युवाहरू पक्राउ परेका छन् । प्रहरी चौकी थर्पुबाट खटिएको ट्राफिक सहितको संयुक्त प्रहरी टोलीले सवारी साधन चेक जाँच गर्ने क्रममा लागु औषध गाँजा सहित दुई युवाहरू पक्राउ परेका हुन् ।

धादिङबाट पोखरा तर्फ जाँदै गरेको बा ९२ प ५४२८ नं. को मो.सा. चेकजाँच गर्ने क्रममा मो.सा. र झोलामा लुकाई छिपाई ल्याएको ४ वटा प्याकेटमा कुल २५ के.जी. २९० ग्राम लागु औषध गाँजा सहित धादिङ गजुरी गा.पा.-१ बस्ने बर्ष ३८ को अक्कल बहादुर तामाङ र मो.सा. पछाडी सवार ऐ.रोराङ गा.पा.-१ बस्ने बर्ष ४५ को दिल बहादुर तामाङ पक्राउ परेका हुन् । उनिहरूबाट ४ वटा प्याकेटमा भएको कुल २५ के.जि. २९० ग्राम प्रतिबन्धित लागु औषध गाँजा, गाँजा ओसार पसार गर्न प्रयोग गरीएको बा ९२ प ५४२८ नं. को मो.सा. थान १. नगद रु २४२५। bontel र Itel कम्पनीको कि-प्याड मोबाईल थान २ र VIVO T1 5G मोबाईल थान १ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी आशिष विकले बताए ।

























