इनरह्विल क्लव द्वारा चण्डीदेवीका बिद्यार्थीलाइ छात्रवृत्ति प्रदान


इनरह्विल क्लव दमाैलीले बाल दिवशलाई लक्षीत गरि श्री चण्डी देबी राष्ट्रीय माध्यमिक बिधालय ब्यास १० कुमलटारीमा अध्यन गर्ने बिद्यार्थीहरूलाइ छात्रवृत्ति प्रदान गरेको छ । चण्डीदेवीका कक्षा ६ मा अध्यनरत गरीब तथा जेहेन्दार छात्रा शितल थापा लाई कक्षा ६ देखी कक्षा १० सम्मकाे लागि छात्रवृत्ति प्रदान गरिएको हाे । बिधालय ब्यबस्थापन समितिका अध्यक्ष नवराज पाठक ,बिधालयका प्रधानअध्यापक राम चन्द्र पोख्रेल लगायतको उपस्थितीमा उक्त सामाग्री हस्तान्तरण गरिएको हाे ।

सहयोग कार्यक्रममा पुर्ब अध्यक्षहरु निर्मला मल्ल, मन्जु थापा, शर्मीला श्रेष्ठ, नारायणी मल्ल उपाध्यक्ष सबीता श्रेष्ठ , सचीब सरु श्रेष्ठ लगायतको सहभागीता रहेको थियो।

























