तनहुँबाट चितवन तर्फ जाँदै गरेको बसमा ढुङ्गा खसेर लाग्दा लमजुङकि ऐश्वर्याकाे मृत्यु

तनहुँबाट चितवन तर्फ जाँदै गरेको बसमा ढुङ्गा खसेर लाग्दा लमजुङकि ऐश्वर्याकाे मृत्यु


नारायणगढ-मुग्लिङ सडक खण्ड अन्तरगत नाम्सी पुलमा गुडिरहेको बसमा ढुंगा खसेर लाग्दा एकजनाकाे मृत्यु भएको छ । तनहुँबाट नारायणगढ तर्फ जाँदै गरेको ग २ ख १८३६ नँ को बसमा सवार यात्रु लमजुङकी बर्ष ४६ कि ऎश्वर्या कामीकाे ढुंगाले लागेर मृत्यु भएको हाे । सडक माथिबाट ढुङ्गा खसी बसको खुला ढोकाबाट छिरि लाग्दा अनुहार टाउकोमा चोट लागि घाइते भएकोमा पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा साझ ७:२० बजेको समयमा मृत्यु भएकाे जनाइएको छ।

यसैबीच मुग्लिन-नारायणगढ सडक खण्डको तुईन खाेला नजिकै अहिले साँझ करिब ८:१५ बजेतिर पहिरो खस्दा सवारी आवागमन राेकिएकाे छ । ढुंगा खस्ने क्रम जारि नै रहेकोले अहिले साँझ ९:०० बजेतिर सवारी आवागमन दुवैतर्फ अवरुद्ध भईसकेकाे चितवन सडक सुपरभाइजर ईश्वर क्षेत्रीले जनाएका छन् । ढुंगा खस्ने क्रम नराेकिएकाेले पहिरो हटाउन संभव नभएको अवस्था रहेको भन्दै उनलेे सकेसम्म ढुंगा खस्ने क्रम राेकिएपछि मात्र पहिराे हटाउन यान्त्रिक उपकरण सुचारू गरिने र आवागमन दुवैतर्फ संचालनमा ल्याउने जानकारी गराएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page