तनहुँका दुई जनामा जापानिज इन्सेफलाइटिस संक्रमण पुष्टि

तनहुँका दुई जनामा जापानिज इन्सेफलाइटिस संक्रमण पुष्टि


तनहुँमा दुई जनामा जापानिज इन्सेफलाइटिस संक्रमण पुष्टि भएको छ। पछिल्लो पटक आँबुखैरेनी गाउँपालिका–१ बरादी निवासी ७१ वर्षीय पुरुषमा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको हो ।
चितवन मेडिकल कलेजमा परीक्षण गर्दा ती पुरुषमा सङ्क्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जानकारी दिएको छ। यसअघि गत भदौ १० गते भिमाद नगरपालिका–२ का ८० वर्षीय पुरुषमा जापानिज इन्सेफलाइटिस संक्रमण पुष्टि भएको थियो । ती वृद्धमा जापानिज इन्सेफलाइटिस संक्रमण देखिएपछि कार्यालयले रोगको सम्पर्क, परीक्षण तथा जनचेतना कार्यक्रम गरेको थियो ।


जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने र मस्तिष्कमा संक्रमण हुने रोग हो। यसले संक्रमितको स्नायु प्रणालीलाई अङ्भङ्ग बनाउनुका साथै बिरामीको मृत्युसमेत हुने स्वास्थ्यकर्मी बताउँछन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page