आँबुखैरेनीमा भएको माइक्रो दुर्घटनामा १४ जना घाइते
तनहुँकाे आँबुखैरेनी गा.पा. २ एक्लेफाँट स्थित पृथ्वी राजमार्ग सडक-खण्डमा भएको माइक्रो दुर्घटनामा १४ जना घाइते भएका छन् । चितवनबाट लमजुङ तर्फ जाँदै गरेको बा.प्र. ०३-००१ ज ०९३७ नं. को इभि माईक्रो दुर्घटनामा उनिहरू घाइते भएका हुन् । माइक्रो बसको चालकले नियन्त्रण गुमाई सडक छेउको भित्तामा ठक्कर खाई सडक छेउमा रोकी राखेको नेपाल विधुत प्राधिकरणको बा १ ञ १२८७ नं. को सवारी साधनको पछाडी ठक्कर खाई दुर्घटना हुँदा माईक्रोमा सवार मानिसहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइतेहरूलाइ उपचारको लागि आँबुखैरेनी अस्पताल आँबुखैरेनी पठाइएको छ ।

घाइते हुनेमा
१. माइक्रो चालक:- जिल्ला लमजुङ बेसिशहर न.पा.-८ बस्ने वर्ष ४२ को ईश्वर कुमार श्रेष्ठ, टाउकोमा चोट, छाती ढाड दुखेको, अवस्था मध्यम ।
२. जि. चितवन भरतपुर म.न.पा.- १६ बस्ने वर्ष ४५ की सान्ता माया तामाङ, टाउको र वाँया कानमा चोट, अवस्था मध्यम ।
३. ऐ.ऐ. वडा नं. २८ लोखरी बस्ने वर्ष ४८ को कमई तामाङ, घाँटी र दाँया हातमा चोट अवस्था मध्यम ।
४. ऐ.ऐ. बस्ने वर्ष ५५ की बुध माया तामाङ, टाउकोमा चोट, अवस्था सिरियस (ऐ. १२:५० बजेको समयमा उपचारको क्रममा चिकित्सक द्धारा मृत घोषणा)
५. ऐ.ऐ. बस्ने वर्ष ४२ को गंगा बहादुर तामाङ, वाँया हातमा चोट, अवस्था सामान्य ।
६. ऐ.ऐ. बस्ने वर्ष ४२ की होम कुमारी तामाङ, टाउकोमा भित्री चोट, अवस्थाम मध्यम ।
७. ऐ.ऐ. बस्ने वर्ष १५ की रश्मी तामाङ, शरीरको वाँया भाग दुखेको अवस्था सामान्य ।
८. ऐ.ऐ. वडा नं. १६ बस्ने वर्ष ३७ को डोलराज तामाङ, टाउकोमा चोट अवस्थाम मध्यम ।
९. जिल्ला लमजुङ दोर्दी गा.पा.- ४ बस्ने वर्ष २० की गंगा तामाङ, छाती र वाँया खुट्टामा चोट, अवस्थाम मध्यम ।
१०. ऐ.ऐ. वडा नं. ८ बस्ने वर्ष ६३ की मैती माया तामाङ छातीमा चोट, अवस्था मध्यम ।
११. जिल्ला नवलपरासी (पूर्व) देवचुली न.पा.-१७ बस्ने वर्ष ४७ की इन्द्र कुमारी तामाङ, शरीर दुखेको अवस्था सामान्य ।
१२. जि. चितवन भरतपुर म.न.पा.-१६ बस्ने वर्ष ४१ की गम माया तामाङ, दुवै घुडामा चोट, अवस्था सामान्य ।
१३. ऐ.ऐ. बस्ने वर्ष ३० की मंगली तामाङ, शरीर दुखेको, अवस्था सामान्य ।
१४. निजको छोरी वर्ष ५ की सिर्जना तामाङ, सामान्य ।रहेका छन्


























