व्यास ११ मा कोभिड पार्क निर्माण गर्न आजबाट महायज्ञ हुने
तनहुँकाे व्यास नगरपालिका वडा नं ११ रातामाटा बेलथुम्कीमा कोभिड पार्क निर्माण गर्ने उद्धेश्यका साथ आजबाट महायज्ञ हुने भएको छ ।
पार्क निर्माणका लागि कार्तिक १३ गते देखि २१ गतेसम्म सप्ताह व्यापी ज्ञान महायज्ञ आयोजना गरिएकाे हाे । महायज्ञमा करिब १ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको महायज्ञ मुल समारोह समितिका संयाेजक बिरेन्द्र अधिकारीले बताए ।

पार्कलाई मानवता ,अध्यात्म र प्राकृतिक सौन्दर्यको केन्द्र बनाईने समेत बताइएकाे छ ।

कार्यक्रमका बारेमा केही दिन अगाडि भएको पत्रकार सम्मेलनमा वडा नं ११ का वडा अध्यक्ष दलबहादुर दुरा र पूर्व वडा अध्यक्ष निरबहादुर खड्का लगायतले महायज्ञकाे बारेमा बोलेका थिए । महायज्ञमा मुख्य वाचन पण्डित दिपक प्रसाद पाैडेलले गर्ने छन् ।

























