म्याग्देमा भएको चित्रकला प्रतियोगितामा जनगणपति माविका प्रदिप प्रथम

म्याग्देमा भएको चित्रकला प्रतियोगितामा जनगणपति माविका प्रदिप प्रथम

विश्व खाद्य दिवसको अवसरमा “स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो” शिर्षकमा पालिका भित्रका मा.वि. विद्यालयका विद्यार्थीहरूको विचमा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगितामा जनगणपति मा वि का प्रदिप थापा प्रथम, राधा मा वि का दिप्सन रानाभाट दित्तिय, महेन्द्र मा वि का सजिना थापा तृतिय र जनगणपति मा वि का सुस्मिता सारू सान्तोना भएको म्याग्दे गाउँपालिकाले जनाएको छ । पुरस्कृत विद्यार्थीहरूलाइ गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ , प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले पुरस्कार वितरण गरेको शिक्षा शाखा प्रमुख विष्णु केसीले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page