व्यासका एक सय १४ जना अस्थायी कर्मचारीको जागिर नजाने जनप्रतिनिधिकाे संकेत
व्यास नगरपालिकामा अस्थायी र करार गरी एक सय १४ जना कर्मचारीकाे जागिर नजाने जनप्रतिनिधिले संकेत गरेका छन् । आज हुने कार्यपालिका बैठकमा कर्मचारी हटाउने सम्बन्धि प्रस्ताव आउने बित्तिकै ठाडै अस्विकार गर्ने भित्रभित्रै तयारी रहेको बुझिन आएकाे छ । नगरपालिका स्राेतका अनुसार नगर प्रमुख , उपप्रमुख सहित वडा नं १ , २ , ३ , ४ , ९ , १० , ११ , १२ र १३ का वडाअध्यक्षहरू उक्त प्रस्ताव अस्विकार गर्ने गरि खुलिसकेका छन् । यस्तै वडा नं ५ का अध्यक्ष दाेहाेराे भुमिकामा , वडा नं ६ का अध्यक्ष खुल्न बाँकी , वडा नं ७ का अध्यक्ष हटाउने पक्षमा र वडा नं ८ का अध्यक्ष खुल्न बाँकी रहेको बताइएको छ । यस्तो भएको अवस्थामा सुशासन समितिले लगेको प्रस्ताव ठाडै अस्विकार हुन्छ र सबैकाे जागिर यथावत् रहन्छ । त्यसाेत आर्थिक व्यवस्थापन सुधार, कर्मचारी दरबन्दी पुनरावलोकन तथा नयाँ योजना मापदण्ड निर्माणका विषयमा अध्यन गर्न प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्सालकाे संयाेजकत्वमा बनेको सात सदस्यीय समितिले ल्याएको एक सय १४ जना कर्मचारी हटाउन पर्ने देखिएको प्रतिवेदन सुशासन समितिले बुझ्नै आनाकानी गरेको समेत बुझिन आएकाे छ । किनकि अधिकांश जनप्रतिनिधिहरू कर्मचारी हटाउने पक्षमा सुरु देखि नैं छैनन् ।

नगरपालिकाको आर्थिक दायित्व घटाउने, प्रशासनिक दक्षता बढाउने र विकास योजनालाई व्यवहारिक बनाउन प्रमुख प्रशासकीय अधिकृत लम्सालको संयोजकत्वमा सात सदस्यीय समिति गठन भएको थियो ।
व्यास नगरपालिका सुशासन समितिका संयाेजक दलबहादुर दुराले आफ्नाे समितिलाई प्रतिवेदन प्राप्त भएको र उक्त प्रतिवेदन कार्यपालिका वैठकमा पेस गर्ने बताए ।


























