ऋषिङ गाउँपालिकामा जातीय छुवाछूत विरुद्ध सचेतना कार्यक्रम

ऋषिङ गाउँपालिकामा जातीय छुवाछूत विरुद्ध सचेतना कार्यक्रम


तनहुँको ऋषिङ गाउँपालिकामा जातीय भेदभाव तथा छुवाछूत विरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय काठमाडौंको सहयोगमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय दलित आयोगका सदस्य तथा प्रवक्ता सुन्दर पुर्कुटीले राष्ट्रिय दलित आयोग गठन विधि, काम कर्तव्य, अधिकार र जातीय विभेद अन्त्यको लागि आयोगको भुमिका बारेमा चर्चा गरेका थिए । जातीय विभेद र छुवाछूत अन्त्यको लागि केही स्थानीय तहले समेत कानुन बनाएर रचनात्मक कार्य गरेको उनले बताए । दलितमाथि हेर्ने दृष्टिकोण सकारात्मक नबनेसम्म जातीय विभेद र छुवाछूत हट्न नसक्ने सदस्य तथा प्रवक्ता पुर्कुटीले जानकारिदिए ।

ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले ऋषिङ गाउँपालिकालाई जातीय विभेद र छुवाछूत अन्त्यको लागि आफूहरु जुटिरहेको वताए। जातीय आधारमा मानिसबीच विभेद हुनु दुखद भएकाे र जातीय विभेद कसैले गर्न नहुने अध्यक्ष श्रेष्ठकाे भनाइ थियो । ऋषिङ गाउँपालिकामा जातीय विभेद विरुद्ध विभिन्न कार्यक्रम गरिएको उनले बताए ।
कार्यक्रममा ऋषिङ गाउँपालिकाका उपाध्यक्ष गिनुमाया थापाले समाज परिवर्तनको लागि दलित एक्लैको प्रयास पर्याप्त नभएकोले विभेद अन्त्यको लागि सबैको सहकार्य आवश्यक रहेको बताइन्। कार्यक्रममा ऋषिङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल अंगाईले जातीय नाममा हुने विभेद अन्त्यको लागि राज्यले विभिन्न नीति बनाएर जुटिरहेको वताए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत दीपेन्द्र पाण्डेले जातीय विभेद अन्त्यको लागि आफूहरुले स्थानीय तहसंग समन्वय गरी विभिन्न कार्यक्रम बनाएको बताए।
कार्यक्रममा दलित अगुवा डम्बरबहादुर विक, ऋषिङ गाउँपालिका कार्यपालिका सदस्य दिलबहादुर नेपाली लगाएतले स्थानीय तहमा हुने जातीय विभेद र छुवाछुतको अवस्था र सामाधानको उपाय बारेमा धारणा राखेका थिए ।
कार्यक्रममा ऋषिङ गाउँपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरू, दलित महिला जनप्रतिनिधिहरु लगायतकाको उपस्थिति रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page