म्याग्देकाे समृद्धि कप भलिबलको उपाधि ऋषिङ्ग राम्जाकाेटलाइ

म्याग्देकाे समृद्धि कप भलिबलको उपाधि ऋषिङ्ग राम्जाकाेटलाइ

तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं ७ स्थित समृद्धि युवा क्लवकाे आयाेजनामा भएको वडा स्तरीय पुरूष भलिबल प्रतियोगिताको उपाधि राम्जाकाेट युवा क्लवले जितेको छ । बुधबार तिल्याटारमा आयाेजित फाइनल खेलमा म्याग्दे ६ काे गुरूङ समाज केउराङलाई पराजित गर्दै ऋषिङकाे राम्जाकाेट युवा क्लवले उपाधि जितेको हाे । प्रथम भएको राम्जाकाेटले नगद ३५ हजार सहित ट्रफी , मेडल र प्रमाणपत्र हात पारेको छ । यस्तै प्रतियोगितामा द्धितिय भएको म्याग्दे ६ गुरूङ समाजले नगद २० हजार सहित ट्रफी , मेडल र प्रमाणपत्र हात पारेको छ भने तृतीय भएको म्याग्दे ७ रानिश्वारा युवा क्लवले ८ हजार नगद सहित मेडल र प्रमाणपत्र हात पारेको छ । यस्तै प्रतियोगितामा अमृत गलाम उत्कृष्ट खेलाडी घाेषित भएका छन् ।

प्रतियोगितामा बिजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ , प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी , वडा अध्यक्षहरू मणिभद्र वाग्ले , दिपक श्रेष्ठ , हिरालाल गुरूङ , बसन्त श्रेष्ठ , क्लवका अध्यक्ष सन्तोष श्रेष्ठ , दिलबहादुर नेपाली लगायतले पुरस्कार वितरण गरेका थिए ।

त्यसअघि कार्यक्रमकाे म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गरेका थिए । क्लवका अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमकाे सञ्चालन सचिव निशान नेपालीले गरेका थिए । कात्तिक १६ देखि १९ गतेसम्म भएको खेलमा रेफ्रीहरू महेन्द्र थापा , हिमाल थापा र साजन पुलामी मगर रहेका थिए । पहिलोपटक आयाेजना गरिएको कार्यक्रममा स्थानीयहरूकाे उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेर सहभागी हरूलाइ भरपुर मनाेरञ्जन दिइएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page