पृथ्वीराजमार्गको बेलभञ्ज्याङ्गमा भारतीय ग्याँस बुलेट दुर्घटना
पृथ्वीराजमार्ग सडक अन्र्तगत तनहुँको बन्दीपुर–१ बेलभञ्ज्याङ्गमा मङ्गलबार एक्स आर ५५ क्यू ४७११ नम्बरको भारतीय ग्याँस बुलेट दुर्घटना भएको छ। दमौलीबाट आँबुखैरेनीतर्फ जाँदै गरेको खाली बुलेट चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो । दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

डुम्रेबाट करिब ५ किमी पश्चिम दिशामा दुर्घटना भएको जानकारी पाएलगत्तै प्रहरी चौकी डम्रेका प्रहरी नायव निरीक्षक विजयनाथ यादको नेतृत्वमा ६ जनाको टोली खटिइ गएको थियो । सवारी साधानमा क्षति भएको र सडक अवरुद्ध नभएको तनहुँका डिएसपी श्रवणकुमार बिकले जानकारी दिए ।




























