ने क पा काे १२ औ पुनर्गठन तथा स्थापना दिवस तनहुँमा भब्य रूपमा सम्पन्न

ने क पा काे १२ औ पुनर्गठन तथा स्थापना दिवस तनहुँमा भब्य रूपमा सम्पन्न

नेपाल कम्युनिस्ट पार्टीको १२ औ पुनर्गठन तथा स्थापना दिवस तनहुँमा भब्य रूपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा सहभागी प्रमुख अतीथी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज निसाना सी , प्रतिनिधि सभा सदस्य शिव शंकर सी , ब्यास नगर इन्चार्ज ओम सी , क्रान्तिकारी बिद्यार्थी संगठन सनराईज सी , जिल्ला युवा संगठन तनहुँका संयोजक विशाल सी , जिल्ला सचिव , रोसन सी लगायतको उपस्थिति रहेको थियो ।

यस्तै कार्यक्रममा मजदुर संगठन जिल्ला संयोजक सागर सी लगायत बुद्धिजीवी , पत्रकार , आम सर्बसाधारण लगायतको उपस्थिति रहेको पार्टीका ब्यास नगर इन्चार्ज ओम सी ले बताए । पार्टीका तनहुँ सेक्रेटरी बिलाश सी ले संचालन गरेकाे कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य निशान सी ले नेपालकाे सच्चा कम्युनिस्ट पार्टी आफ्नाे पार्टी मात्रै भएको र जनताको आवाज बुलन्द पार्ने र पिछडिएको वर्गकाे हक अधिकारकाे लागि पार्टीले काम गरिरहेको बताए । निशानले सबैलाई पार्टीमा एकढिक्का भइ अगाडि बढ्न आव्ह्वान गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page