तनहुँका युवा नेता थापा र भट्टराई काङ्ग्रेस बाट संघीय उम्मेदवार बन्न दाैडधुपमा !
नेविसंघका पुर्व महामन्त्री तथा तनहुँ क्षेत्र नं १ का महाधिवेशन प्रतिनिधि दिपक भट्टराई फागुन २१ गते हुने भनिएको निर्वाचनका लागि काङ्ग्रेस बाट उम्मेदवारकाे टिकट ल्याउने दाैडधुपमा लागेका छन् ।
काङ्ग्रेस नेता डा सशांक काेइरालाका अत्यन्तै निकट मानिएका युवा नेता भट्टराई गत निर्वाचनमा प्रदेश सांसदकाे लागि उम्मेदवारी हालेका मध्येका हुन् ।भट्टराईले जेनजी आन्दाेलन पछि युवाहरूको माग बढेको अवस्थामा बलियो उम्मेदवारकाे रूपमा आँफुलाइ लिँदै १ मा आँफुले टिकट ल्याउने दावी जिल्लामा रहेका आफु निकटलाई दिएको एक जिल्ला सदस्यले बताए । जिल्लाकाे माहोल बुझ्नका लागि भट्टराई हाल जिल्लामै रहेका छन् ।

यता तनहुँ क्षेत्र नं २ मा काङ्ग्रेस महाधिवेशन प्रतिनिधि एवम् युवा नेता चामबहादुर थापाले आँफु अबको निर्विकल्प उम्मेदवार भएको बताएका छन् । गएको निर्वाचनमा प्रदेश सभा सदस्यमा उम्मेदवारी दावी गरेका उनी युवाहरू माझ लाेकप्रिय मानिन्छन् ।जेनजी आन्दाेलन पछि माइतीघर मण्डलामा कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूबिरुद्ध चरित्रहत्या हुनेगरी टाँगिएको तस्वीर अंकित ब्यानर च्यातेर एकाएक चर्चामा रहेका थापा पनि काेइराला परिवार सँग निकट मानिन्छन् ।
बिशेश महाधिवेशनकाे पक्षमा हस्ताक्षर नगरी नियमित महाधिवेशनकाे पक्षमा देखिएका थापा र भट्टराई दुइ बिच अत्यन्तै निकटता समेत छ । थापाले नियमित महाधिवेशनकाे पक्षमा आँफुलाइ उभ्याउँदै देउवा लगायतका केन्द्रीय नेताहरू सँग समेत सुमधुरता बढाएका छन् । दुबै युवा नेताहरूले चुनावमा टिकट ल्याउने दावी गरिरहँदा तनहुँबाट केन्द्रीय सदस्य रहेका शंकर भण्डारी , गाेविन्द भट्टराई , प्रदिप पाैडेल , ध्रुव वाग्ले , पुष्प पराजुली लगायतका नेताहरूको व्यवस्थापन चुनाैतिकाे बिषय बन्ने देखिन्छ ।


























