तनहुँ १ मा शिक्षक नेता भट्टराईले उम्मेदवारी दर्ता गरेपछि काङ्ग्रेसमा तरंग !

तनहुँ १ मा शिक्षक नेता भट्टराईले उम्मेदवारी दर्ता गरेपछि काङ्ग्रेसमा तरंग !

नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष एवम् समाजसेवी रमेश बाबू भट्टराईले तनहुँ क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गरेपछि काङ्ग्रेस भित्र तरंग पैदा भएको छ । स्थायी शिक्षक रहेका युवा नेता भट्टराईले एक्कासि राजनीतिमा हाम फाल्न लागेपछि पार्टीमा तरंग उत्पन्न भएको हाे । पार्टीका केन्द्रीय नेतादेखी अन्यले उम्मेदवारी दर्ता गराइरहँदा भट्टराईले दिएको उम्मेदवारीले एकथरी काङ्ग्रेसको मनमा चिसो पसेको मात्रै छैन , जिल्लाबाट भट्टराईलाइ सिफारिस नैं दिन नहुने समेत बताएका बुझिएको छ । जिल्लाबाट सिफारिस गर्नेहाे भने केन्द्रमा जसरी पनि टिकट हात पार्छ , त्यसैले जसरी पनि जिल्लामै राेक्नपर्छ भनेर एकथरीले भन्न थालेको भट्टराई निकट एक सदस्यले बताए । उम्मेदवारी दर्ताका सम्बन्धमा नेता भट्टराई सँग सम्पर्क गर्दा शिक्षण पेशा छाेड्न परे छाेडेर राजनितीबाट समाजसेवा गर्न चाहेको छाेटाे प्रतिक्रिया दिए । भट्टराई सँगै तनहुँ क्षेत्र नं १ बाट आकांक्षा राख्नेमा केन्द्रीय सदस्यद्धय शंकर भण्डारी र गोविन्द भट्टराई तथा डा. जगदिशचन्द्र पोखरेल, रामचन्द्र पोखरेल ,उदयराज गौली ,दिपक भट्टराई , रेशम गुरुङ, सरिता गुरुङ र उद्धव पौडेल रहेका छन् । त्यस्तै समानुपातिक तर्फ समुन्द्र गोदार ,पवित्रा देवी पौडेल , चिनु पोखरेल, यमुना वि.क (दलित कोटा तर्फ) ,हरिदत्त पौडेल, ओजराज पौडेल ,डोवाटे वि.क. , प्रकाश पन्थले (अपाङगता तर्फ) ,गोविन्द ढकाल र एलिजा ढकालले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै तनहुँ क्षेत्र नं २ बाट प्रत्यक्ष तर्फ केन्द्रीय सदस्यहरू शंकर भण्डारी , प्रदीप पौडेल , आमन्त्रित केन्द्रीय सदस्य पुष्प पराजुली , क्षेत्रीय सभापति चुडामणि खनाल र चामबहादुर थापाको नाम रहेको छ ।समानुपातिक तर्फ भने माया राना र इन्दिरा खनालको नाम दर्ता भएको छ ।

राष्ट्रिय सभा तर्फ भने लक्ष्मी आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय सभा र प्रतिनिधि सभाका लागि सोमबार दिउँसो २ बजे सम्म उम्मेदवारी दर्ता गर्न सकिने क्षेत्रीय समितिले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page