जामुनेका काफ्लेले बिदेश छाेडेर स्वदेशमै सञ्चालनमा ल्याए बेकरी पसल

जामुनेका काफ्लेले बिदेश छाेडेर स्वदेशमै सञ्चालनमा ल्याए बेकरी पसल

लामो समय बिदेश बसेर आएका म्याग्दे गाउँपालिका वडा नं २ का उत्सव काफ्लेले बडहरेमा बेकरी पसल सञ्चालन गरेका छन् । लामो समय साउदीमा बसेर आएका उनलेे अब परिवार सँगै बसेर व्यवसाय सञ्चालन गर्ने साेच बनाइ बेकरी सञ्चालनमा ल्याएका हुन् ।

व्रदर बेकरी सञ्चालन गरेका काफ्लेले परिवार साथमै रहेर भएको आम्दानी महत्त्वपूर्ण भएको अनुभव गरेको बताए । लगातार साँढे २ वर्ष साउदी बसेँ ,त्यहाँ आम्दानी पनि धेरै र राम्रो थियो तर यहाँ थाेरै भए पनि सन्तुस्ट छु उनलेे भने । सुरुमा ५ लाख लगानी गरेर , बर्थडे केक , व्रेड , ओभन , मिक्सर , फ्रिज लगायतका मेसिन तथा सामानहरू जाेडेर काम गरेको र पछि आवस्यकता अनुसार विस्तार गरेको उनलेे जानकारी दिए । उनको पसलमा त्यस वरपरका मात्रै नभै अन्यत्रबाट पनि बर्थडे केक लिन जाने गर्दछन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page