राष्ट्रपति भए पछि चाैँथाेपटक गृह जिल्ला तनहुँ आउँदै पाैडेल:

राष्ट्रपति रामचन्द्र पौडेल भोली शुक्रबार गृह जिल्ला तनहुँ आउने भएका छन् । भिमाद नगरपालिका–६ भिमाद बजार स्थित जनज्योति क्याम्पसको १६ औं वार्षिकोत्सव तथा क्याम्पसको प्रशासनिक तथा पुस्ताकालय भवनको उद्घाटन गर्न पाैडेल तनहुँ आउन लागेका हुन् ।

राष्ट्रपति भए पछि पौडेल चौंथो पटकको गृह जिल्लाको कार्यक्रममा सहभागी हुन लागेका हुन् । यसअघि चैत्र १८ गते तनहुँको देवघाट–५ घिनाटार र चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने त्रिशूली नदीको मोटरेवल पुल उद्घघाटन, पुस २० गते भानु नगरपालिका–७ वसन्तपुर स्थित पूर्कोट शतवार्षिकी, असोज ६ गते सदरमुकाम दमौलीस्थित जिल्ला सभा हलको उद्घाटनका लागि राष्ट्रपति पौडेल तनहुँ आएका थिए ।


सङ्घीय सरकार, स्थानीय सरकार, क्याम्पस तथा चन्दा सङ्कलनबाट गरी करीव एक करोडको लागतमा तीन तले भवन निर्माण गरिएको सो भवनको चैत्र २३ गते विहान ११ बजे राष्ट्रपतिले उद्घाटन गर्ने कार्यक्रम रहेको क्याम्पस प्रमुख केशवराज काफ्लेले बताए ।




































