उर्जामन्त्री घिसिङ आइतबार तनहुँ आउने
भौतिक पूर्वाधार तथा यातायात, जलस्रोत तथा उर्जामन्त्री कुलमान घिसिङ आइतबार तनहुँ आउने भएका छन् । जिल्लाका विभिन्न ठाउँका विकास निर्माणका योजना अनुगमन र भेटघाटका लागि मन्त्री घिसिङ तनहुँ आउने उज्यालो नेपाल पार्टीका युवा नेता मनराज गुरूङले बताए ।

मन्त्री घिसिङ बिहान ९ बजे कोत्रेमा स्वागत तथा जनभेटघाटमा सहभागी हुने र ९:३० बजे शुक्लागण्डकी नगर सभा हलमा स्वागत तथा अन्तरक्रियामा सम्बोधन गर्ने कार्यक्रम तय भएको गुरूङले जानकारी दिए । यस्तै १०:३० बजे जिपि कोइराला श्वासप्रश्वास केन्द्रको निरीक्षण गर्ने, ११ बजे भिमाद लखनचोकमा जनभेटघाट गर्ने , ११:३० मा श्रृङ्ग मार्गको अनुगमनसँगै मिछुर्लुङमा अन्तरक्रिया गर्ने , १२:३० बजे खैरेनीटार मगर समाज भवनमा जनभेटघाटमा सहभागी हुनेछन् ।

यस्तै १:३० बजे मादी पुलको निरीक्षणसँगै भेटघाटमा उनले सहभागिता जनाउने बताइएको छ ।

























