शुक्लागण्डकीका पत्रकार खरेल “भानुभक्त तारा” बाट सम्मानित
शुक्लागण्डकी न.पा.– ५ बेलचौतारा स्थित भानुभक्त बहुमुखी क्याम्पसको ३९ औं वार्षिकोत्सवकाे अवसरमा विभिन्न व्यक्तिहरू पुरस्कृत तथा सम्मानित भएका छन् । यसवर्षदेखि प्रतिभावान विद्यार्थीलाई भानुभक्त ताराबाट सम्मान शुरु गरिएकोमा सो सम्मानबाट छात्र हरि खरेल सम्मानित भएका छन् । क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरु मध्येबाट विभिन्न क्षेत्रमा उत्कृष्ट क्षमता प्रस्तुत गर्ने एक विद्यार्थीलाई बर्षेनी भानुभक्त तारा सम्मान गर्ने निर्णय अनुसार खरेल सम्मानित भएका हुन् । खरेल शुक्लागण्डकीमा सकृय पत्रकारका रूपमा चिनिन्छन् । यस्तै क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष मोहन बहादुर थापा, पूर्व क्याम्पस प्रमुख भिम बहादुर बस्नेत, कमल ढकाल, मोति प्रसाद पौडेललाई उक्त अवसरमा सम्मान गरिएको थियो ।

यस्तै वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम तथा प्रतियोगिता समावेश गरिएको थियो । अन्तरस्कुल स्तरीय नृत्य प्रतियोगितामा ज्ञान बगैचा प्रथम भएको छ । पञ्चमुनिदेव माध्यमिक विद्यालय द्धितीय र खैरेनी मावि तृतीय भएको छ । प्रतियोगितामा प्रथम द्धितीय र तृतीय हुनेले क्रमश ः १० हजार, ५ हजार र ३ हजार साथमा प्रमाणपत्र प्राप्त गरे ।
सो अवरमा बोल्दै प्रदेश सभा सदस्य श्यामराजा महतले अहिलेको समय शिक्षासँगै सिप अनिवार्य आवश्यक पर्ने बताए । उनले कुनै विषयमा अध्ययन गरेको भएपनि सिप नभएमा अधुरो हुने उल्लेख गरे । क्याम्पस सञ्चालक समितिका अध्यक्ष दुर्गा कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका नगर उपप्रमुख खुम बहादुर विक राजु, वडा नं. ५ का अध्यक्ष एवम् सञ्चालक समितिका उपाध्यक्ष दिर्घ बहादुर थापा, पूर्व क्याम्पस प्रमुख कमल ढकाल, प्राध्यापक पशुपति अर्याल, स्ववीयु सभापति मिलन थापा लगायतले बोलेका थिए ।


























