तनहुँ युनेस्को क्लबद्वारा नयाँ सदस्य स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

तनहुँ युनेस्को क्लबद्वारा नयाँ सदस्य स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

तनहुँ युनेस्को क्लबद्वारा नयाँ सदस्यहरूलाई स्वागत गर्ने उद्देश्यले आयाेजित स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा क्लबमा हालै आवद्ध भएका नयाँ सदस्यहरूलाई औपचारिक रूपमा स्वागत गर्दै क्लबको उद्देश्य, गतिविधि तथा भावी योजनाबारे जानकारी गराइएको थियो ।

कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष सराेज भण्डारीले युनेस्को क्लबको शैक्षिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा रहेको भूमिकाबारे प्रकाश पारे । अध्यक्ष भण्डारीले नयाँ सदस्यहरूको सक्रिय सहभागिताले क्लबको अभियान थप सशक्त हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा एकताबद्ध भएर हातेमालो गर्दै अगाडि बढ्ने बताए ।

अन्तरक्रिया सत्रमा नयाँ सदस्यहरूले क्लबप्रतिको अपेक्षा, सुझाव तथा भावी कार्यक्रमहरूबारे आफ्ना धारणा व्यक्त गरेका थिए । कार्यक्रमले सदस्यहरूबीच आपसी चिनजान, सहकार्य र एकताको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको क्लवका सचिव बसन्त जिसीले बताए ।

कार्यक्रमको समापनसँगै क्लबले आगामी दिनमा विभिन्न सामाजिक, शैक्षिक तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page