चाैंथाे वडा अध्यक्ष कप ब्याडमिन्टन प्रतियोगिता थर्पुमा हुने
स्थानीय तहमा खेलकुद विकास र युवाहरूको प्रतिभा प्रोत्साहन गर्ने उद्देश्यले वडा अध्यक्ष कप ब्याडमिन्टन प्रतियोगिता भाेली शुक्रबारदेखि थर्पुमा आयोजना हुने भएको छ। म्याग्दे ४ वडा कार्यालयको व्यवस्थापन तथा थर्पु युवा क्लवकाे आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा दर्जनौं खेलाडीहरूको सहभागिता रहनेछ।

म्याग्दे ४ का वडा अध्यक्ष दिपक कुमार श्रेष्ठले प्रतियोगितामार्फत स्वस्थ जीवनशैली प्रवर्द्धन गर्नुका साथै युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने लक्ष्य लिइएको बताए। प्रतियोगितामा विभिन्न विधामा प्रतिस्पर्धा गराइने र विजयी खेलाडीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने जानकारी दिइएको छ।

प्रतियोगिता तोकिएको मिति र स्थानमा सञ्चालन हुने भएकोले इच्छुक खेलाडीहरूले समयमै नाम दर्ता गराउन वडा कार्यालयले अनुरोध गरेको छ। स्थानीय खेलप्रेमीहरूका लागि यो प्रतियोगिता उत्साहजनक अवसर हुने अपेक्षा गरिएको छ।

























