बन्दीपुरकाे खहरेमा आठौं मिलिजुली कप भलिबल प्रतियोगिता हुने

बन्दीपुरकाे खहरेमा आठौं मिलिजुली कप भलिबल प्रतियोगिता हुने

मिलिजुली युवा क्लब, बन्दीपुर–६, खहरेटार, तनहुँको आयोजनामा आठौं वार्षिकोत्सव, तमु ल्होसार सांस्कृतिक कार्यक्रम तथा शुद्ध गाउँ तथा टोल स्तरीय पुरुष भलिबल प्रतियोगिता यही पुस १५ देखि १८ गतेसम्म सञ्चालन हुने भएको छ।
“नेपालको राष्ट्रिय खेल भलिबलको जगेर्ना गरौँ, गाउँ–गाउँबाट टोल–टोलसम्म खेलाडी उत्पादन गरौँ” भन्ने नाराका साथ आयोजना हुन लागेको प्रतियोगिता आठौं मिलिजुली कप–२०८२ नाम दिइएको छ।

प्रतियोगितामा स्थानीय स्तरका उत्कृष्ट टोलीहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
प्रतियोगितामा विजेता टोलीले रु. १,००,०००, उपविजेताले रु. ७०,००० र तेस्रो हुने टोलीले रु. ४०,००० नगद पुरस्कारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।
प्रतियोगितामा सहभागी हुन चाहने टोलीका लागि टिम दर्ता शुल्क रु. ६,००० तोकिएको छ। टिम दर्ता अवधि पुस १ देखि १४ गतेसम्म रहेको छ।
भलिबल प्रतियोगितासँगै तमु ल्होसार अवसरमा विविध सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिने आयोजकले जानकारी दिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page