नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ तनहुँको अध्यक्षमा न्यौपाने चयन
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ तनहुँको छैठौँ अधिवेशनले रामकृष्ण न्यौपानेको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । दमौलीमा सम्पन्न अधिवेशनले व्यवसायीहरूको हकहित संरक्षण, संगठन सुदृढीकरण र व्यवसायिक मर्यादा कायम राख्ने लक्ष्यसहित नयाँ नेतृत्व चयन गरेको हो ।

नवगठित समितिको प्रथम उपाध्यक्षमा हरिबहादुर कार्की र द्वितीय उपाध्यक्षमा पवित्रा खनाल चयन भएका छन् । त्यसैगरी सचिवमा कमल गैँहे, कोषाध्यक्षमा सुरज बुढाथोकी र सह–सचिवमा अजय श्रेष्ठ चयन भएका छन् ।

समितिका सदस्यहरूमा शरद गैँहे, सावित्रा रानाभाट, सृजना अधिकारी, पम्फा वाग्ले र गायत्री पुडासैनी रहेका छन् । अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेपछि व्यवसायीहरूबीच आपसी एकता र सहकार्य अझ बलियो बन्ने अपेक्षा गरिएको छ ।
नव निर्वाचित अध्यक्ष न्यौपानेले पुस्तक तथा स्टेशनरी व्यवसायलाई व्यवस्थित, मर्यादित र प्रतिस्पर्धी बनाउँदै सदस्यहरूको समस्या समाधानमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे । उनले व्यवसायीहरूको हितका लागि महासंघलाई थप क्रियाशील बनाइने बताए ।


























