किराना पसलभित्रै मानव बेचबिखन, तीन नाबालिका उद्धार, सञ्चालिका पक्राउ

किराना पसलभित्रै मानव बेचबिखन, तीन नाबालिका उद्धार, सञ्चालिका पक्राउ

लमजुङको बेसिशहर नगरपालिका–८ स्थित एक किराना पसलबाट प्रहरीले तीन जना नाबालिकाको उद्धार गरेको छ। किराना पसल तथा होटल सञ्चालनको आडमा नाबालिकालाई अनैतिक क्रियाकलापमा संलग्न गराइरहेको भन्ने उजुरीका आधारमा खटिएको प्रहरी टोलीले उक्त कारबाही गरेको हो।
प्रहरीका अनुसार आर्थिक अवस्था कमजोर रहेका नाबालिकालाई पसलमा काम लगाउने बहानामा राखी पसलको पछाडि छुट्टै कोठा व्यवस्था गरी पुरुष ग्राहकसँग शारीरिक सम्पर्क गर्न बाध्य बनाइएको थियो। यस कार्यबाट आर्थिक लाभ लिई जबर्जस्ती यौन व्यवसायमा संलग्न गराइएको पुष्टि हुने प्रमाण फेला परेको प्रहरीले जनाएको छ।


घटनामा संलग्न किराना पसल सञ्चालिका, ४५ वर्षीया कोपिला श्रेष्ठलाई तत्काल पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै लमजुङ जिल्ला अदालतबाट मानव बेचबिखन सम्बन्धी कसुरमा सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
उद्धार गरिएका नाबालिकालाई संरक्षण गृहमा राख्ने आवश्यक व्यवस्था मिलाइएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page