भानुको चण्डिका बालगृहमा सीसी क्यामेरा जडान

तनहुँकाे भानु–७ स्थित चण्डिका बालगृहमा आश्रय लिइरहेका बालबालिकाहरूको सुरक्षा तथा रेखदेखलाई थप प्रभावकारी बनाउने उद्देश्यले २ थान सीसी क्यामेरा जडान गरिएको छ।
उक्त सीसी क्यामेरा भानु क्षेत्रभित्रका युवाहरू, जो हाल रोजगारीका सिलसिलामा मकाउमा रहेका छन्, उनीहरूको आर्थिक सहयोगमा जडान गरिएको हो। यसले बालगृहको सुरक्षा प्रणालीलाई मजबुत बनाउनुका साथै बालबालिकाका लागि सुरक्षित वातावरण सिर्जना गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
यस सामाजिक तथा मानवीय कार्यको नेतृत्व भानु–७ चन्दनी गाउँ निवासी तथा हाल मकाउमा कार्यरत दर्शन प्रधानले गर्नुभएको हो। उहाँसहित सम्पूर्ण सहयोगी टिमप्रति बालगृह व्यवस्थापन तथा स्थानीय समुदायले हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

विदेशमा रहेर पनि जन्मभूमिप्रतिको दायित्व निर्वाह गर्दै सामाजिक सेवामा सक्रिय बनेका युवाहरूको यो पहललाई स्थानीय स्तरमा प्रशंसनीय कार्यका रूपमा लिइएको छ।

























