आजबाट पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले सस्तो
आजबाट पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले सस्तो भएको छ । बिहीबार मध्यरात देखि लागु हुने गरी पेट्रोलको मूल्य घटेर प्रतिलिटर १५६ रुपैयाँ कायम भएको नेपाल आयल निगमले विज्ञप्ति मार्फत जनाएको छ ।

निगमले पेट्रोलसँगै डिजेल र मट्टितेलको मूल्य पनि घटाएको छ । निगम सञ्चालक समितिले डिजेल र मट्टितेलमा प्रतिलिटर एक–एक रुपैयाँले घटाइएको छ । नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १३६ रुपैयाँ कायम भएको छ ।

























