कांग्रेसको आन्तरिक परिवर्तन पुष्टि गर्न फागुन २१ को निर्वाचनमा जीत अपरिहार्य : भण्डारी
तनहुँ । नेपाली कांग्रेसको तर्फबाट तनहुँ क्षेत्र नं २ का उम्मेदवार शंकर भण्डारीले पार्टीभित्र आएको परिवर्तनलाई व्यवहारिक रूपमा पुष्टि गर्न फागुन २१ गते हुने निर्वाचनमा कांग्रेसको जीत अपरिहार्य भएको बताएका छन्।
नेपाली कांग्रेस तनहुँका कार्यकर्तासँगको भेटघाटका क्रममा भण्डारीले पार्टीमा नयाँ परिस्थिति सिर्जना भएको र देशभरिका निर्वाचन क्षेत्रमा नयाँ सभापतिले हस्ताक्षर गरेको टिकटमार्फत कांग्रेस निर्वाचनमा होमिएको उल्लेख गरे। यसले पार्टीभित्र नयाँ सन्देश प्रवाह भएको उनको भनाइ थियो।

उनले पार्टीको आन्तरिक सुधार, एकता र नयाँ नेतृत्वको सन्देश जनतामाझ पुर्याउन पनि आगामी निर्वाचनमा कांग्रेसको जित आवश्यक रहेको बताए।

























